कोशी प्रदेशको पाचौं मुख्यमन्त्रीमा कांग्रेसका उद्दव थापा नियुक्त



विराटनगर । कोशी प्रदेशको पाचौं मुख्य मन्त्रीको रुपमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले मुख्य मन्त्री थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए ।

त्यस्तै मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले आफूले ३० दिनभित्र विश्वासको मत लिने समेत बताएका छन्।