स्वोर्णिम राई:
धरान । भनिन्छ ‘गोर्खालीविनाको खुकुरी र खुकुरीविनाको गोर्खाली अर्थहीन हुन्छ’। यहीँ भनाईलाई चरितार्थ गर्दै सुनसरीको धरान स्थित वार्ड नम्बर १३ को सारङगा डांडामा गोर्खालीको प्रतीक भनेर चिनिने हाल सम्मकै विस्वको अग्लो गोर्खाली खुकुरीको स्तम्भ निर्माण भएकोछ । उक्त स्तम्भको उचाई ४२ फिट रहेको छ भने १२ फिट आग्लो आधारस्तम्भमा निर्माण गरिएको छ ।
प्रदेश सरकारको लगानी र परियोजनाको परिकल्पनाकार (Ex-SG GURKHA OFFICER राम प्रसाद राइको संंयोजकत्वमा निर्माण गरिएको उक्त स्तम्भ भएको स्थानलाई खुकुरी पार्क भनेर चिन्न सकिन्छ। धरान भानुचोक बाट ३ किलोमीटर उत्तर वेल्फेर कर्नर बाट भित्र पटि पर्ने यो पार्क धरान-धनकुटा राजमार्ग बाट करिब १०० मिटर मुनि अवस्थित रहेकोछ ।
साथै उक्त खुकुरी पार्क संगै जोडिएको अर्को नाम हो गोल्डेन भिलेज पार्क । एकै स्थानमा रहेता पनि यो पार्कलाई छुट्टाछुट्टै नामले चिनिने गर्दछ। आन्तरिक पर्यटको हव वनेको उक्त पार्कमा निर्माण गरिएको मानिसको हत्केलाको विशाल प्रतिमुर्ति माथी चढेर आनन्द लिनुको साथै धरानको सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ । त्यस्तै ट्री हाउसमा बसेर उत्तिकै आनन्द र सुन्दर सुन्दर तस्बिरहरु समेत लिन सकिनेछ ।
साथै पार्क घुम्न जाने आन्तरिक तथा वाह्य पार्यटकहरुलाई ध्यानमा राख्दै टिपिकल खानेकुरा उपलब्ध हुने होटल तथा रेस्टुरेन्टको समेत सुबिधा रहेकोछ। स्पेसियलको रूपमा पाहाडको रागांको सुकिटी र सुद्द कोदोको तोङ्बा पाउनुका साथै अन्य टिपिकल किराँती फुड आइटम हरुको समेत स्वाद लिन सकिनेछ ।