ओखलढुंगामा कोशी नाम विरुद्ध वृहत् प्रदर्सन सहित युवा दस्ता घोषणा: Drishyaonline



ओखलढुंगा । कोशी प्रदेश नामाङ्कनको विरुद्धमा आन्दोलन गर्दै आएका पहिचावादीहरुले ओखलढुंगामा वृहत् बिरोध प्रदर्शन गरेका छन् ।

शनिबार ओखलढुंगाको सदरमुकाममा पहिचानवादीहरुले कोशी प्रदेश नाम खारेज गर लगायतका नारा लगाउदै बृहत् मोटरसाइकल र्याली सहितको प्रदर्शनपछि २०० जना बढीको पहिचानको लागि युवा दस्ता समेत घोषणा गरेका छन् ।

उक्त कार्यक्रमलाई किरात गणराज्य मोर्चाका संरक्षक एवं पहिचान वादि नेता गोपाल किराँती, नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान उपाध्यक्ष गोबिन्द छन्त्याल, पुर्व महासचिव तथा जसपाका नेता आङ्काजी शेर्पा, किरात याक्थुङ चुम्लुङ्की महासचिव निरन्ती तुम्बापो लगायत पहिचानबादी अभियन्ताहरुले सम्बोधन गरेका थिए ।

बजार क्षेत्र परीक्रमाको क्रममा प्रदर्शनकारीहरुले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा रहेका बोर्डमा कोशी प्रदेश लेखिएको अक्षर समेत मेटाईएका छन् । बजार परिक्रमा पश्चात तुम्लोखिम किराया ओखलढुंगाको परिसरमा पुगेर कोण सभा गर्दै कार्यक्रम समापन गरिएको थियोे ।