बिर्तामोड नगरपालिका अघि धर्ना बसेका वडा अध्यक्षको माघ सम्बोधन गरिएको छ।



बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले नगरपालिकाको प्राङगणबाट सेवा दिएर वडा सचिवविरूद्ध केहि दिन देखि आन्दोलन गर्दै आएको थियो।
५ नम्बरका वडा सचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको तथा जनताका काम सहि ढंगले नगरेको, काम गर्न असहयोग गरेको र समयमा कार्यलय नआउने, सेवाग्राहीले खोजेको समयमा नभेटिएको भन्दै वडाध्यक्ष प्रसाई विरोधमा उत्रिएका थिए। उक्त आन्दोलनको सम्बोधन गर्दै आज बसेको कार्यपालिका बैठक को निर्णय नम्बर २ मा प्रसाईको माघ सम्बोधन गरिएको छ।

निर्णय न. २ – वडा नं. ५ का वडा सचिव बिमल पोखरेलले निर्धारित समयम कार्यलय उपस्थित नहुने र कार्यालयमा पटक- पटक ढिलो आउने, चाडो जाने तथा कार्यालय समयमा कार्यालयको काम बाहेक स्वीकृत नलिई कार्यलय छोड्ने गरेको बिषयमा छलफल हुदाँ निजको ई- हाजिरी तथा हाजिरी पुस्तिकाबाट आवश्यक अभिलेख लिई निजको स्वीकृति बिनाको अनुपस्थिती दिन, घण्टा हिसाब गरी आवश्यक हुनुपर्ने कार्यालय समययावधी मा निजको हालसम्म पाकेक घर विदा तथा भैपरीभैपरी/पर्व विदाबाट कट्टा गरी निजामति सेवा नियमावलि २०५० को नियम ५५ बमोजिम नपुग समयको गयलकट्टिक गर्ने साथै निजलाई स्पष्टिकरण सोधि सचेत गराउने निर्णय गरियो।