ईलाम । इलामको सूर्योदय नगरपालिका–४, श्रीअन्तुमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका सवारी चालकसमेत रहेका ५० वर्षे सञ्जु लोप्चन तामाङ नाम गरेका ती व्यक्ति अन्तु भञ्ज्याङको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ।
उपमहानगरका ८ कर्मचारीको टोलीसहित आएका उनी गएराति करिब ११ बजेतिर साथीहरूसँगै सुतेका थिए। बिहान साढे ५ बजेतिर अरू साथीहरू उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको पशुुपतिनगर इलाका प्रहरीका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए ।