विराटनगर । कोशी प्रदेशका साभमुख बाबुराम गौतमले राजिनामा दिएका छन् ।
उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै आज सभामुख पदबाट राजीनामा दिएका हुन् ।
नयाँ सरकार गठनको निम्ति राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको बुझ्न सकिन्छ । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।