प्रहरी परिसर टेकु घेराउ, स्थिति तनावग्रस्त



काठमाडौं , अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर टेकु घेराउ गरेका थिए।

जिल्ला प्रहरी परिसर घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा स्थिति तनावग्रस्त बनेको थियो।

प्रहरीले पर्दशनकारीलाई हटाउनका लागि अश्रुग्यास प्रहार गर्दै भिडलाई तितरबितर गर्दै पर्दशनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ र मगर समुदायका सम्बद्ध कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिप्रति तामाङ र मगर समुदायले विरोध गर्दै आइरहेका छन्।