बिर्तामोड, असार ६
बिर्तामोड नगर अस्पतालमा सेवा लिन दैनिक सयौ का हाराहारीमा सेवाग्राही जान्छन् भने त्यस बाटो मा आवतजावत गर्ने यात्रीहरु बाटो मोड्दै अन्यत्र बाटो हुदै फर्कन्छ। नगर अस्पताल जाने सडकलाई समयमा काम नसक्दा अलपत्र हिल्लम्मे छोडेका छन् ।

४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा फागुन १५ गते ठेक्का संझौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो ।
कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि आवतजावतका लागि निकै समस्या भएको छ । मानिसहरु समयमा बाटो नसकिन्दा हिलाम्मे बाटो तर्किन्दै प्लमबाट हिड्नुपर्ने बाध्यता छ ।
काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई जेठ १० गते काम छिटो सक्न लिखित चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने बताए । तर ठेकेदार सिटौला ले म्याद सकिन्दा पनि काम सक्ने सुरसार देखाएको छैन ।



