बिर्तामोड । झापाको बिर्तामोड–६ तमिलवाडीका १० वर्षीय साइमन हस्दा बोनम्यारोसम्बन्धी रोगबाट पीडित भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा कक्षा–५ मा अध्ययनरत साइमनलाई चिकित्सकले छ महिनाभित्र बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बताएका छन्। उपचारका लागि भारतको दिल्ली लैजानुपर्ने र ६० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि मजदुरी गरेर परिवार चलाउँदै आएका उनका आमाबुवा आर्थिक संकटमा परेका छन्।
साइमनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रत्येक १५ दिनमा रगत चढाउनुपर्ने अवस्था रहेको परिवारले जनाएको छ।
शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै साइमनका बुवा मोहन हस्दा र आमा प्रतिमा राजवंशी (हस्दा) ले छोराको जीवन बचाउन देश–विदेशमा रहेका नेपाली, संघसंस्था तथा सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।
यसैबीच साइमनको उपचारका लागि स्थानीय युवाहरूले ‘साइमन बचाऔं अभियान’ समेत सञ्चालन गरेका छन्। अभियानमा सहभागी सेवन दर्नाल र नितेश डाँगीले उपचार अभावमा बालकको जीवन जोखिममा नपरोस् भन्ने उद्देश्यले सहयोग संकलन थालिएको बताए।
सहयोग गर्न चाहनेहरूले:
बैंक: सानिमा बैंक, बिर्तामोड शाखा
खातावाला: मोहन हस्दा
खाता नं.: ०३७०११०६०००३७५६
साइमनका परिवारले आफ्नो क्षमताअनुसार सहयोग गरी छोराको उपचार र जीवनरक्षामा साथ दिन सबैमा आग्रह गरेका


